Put your hands up to the ceiling
Taking a chance, just that's what I'm saying
Gotta be quiet to be resting, crack it wild (yeah)
'Cause we're together in the building (ay)
गल्ती मेरो छैन आज ढिलो हुनुमा
गल्ती मेरो छैन आज ढिलो हुनुमा
कहीँ-कतै अल्झेथेँ, भूल मेरो छैन
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा-कसम तोडेर
आऊ, आऊ, आऊ न
प्रिय, तिमी टाढा नजाऊ न
आऊ, आऊ, आऊ न
प्रिय, तिमी टाढा नजाऊ न
"तिमीबिना बाँच्न सक्दिन"
भन्दै अब कराउँछु म
मुटुभित्र मलाई राख न
अँगालोमा अब बाँध न
आऊ, आऊ, आऊ न
बोलेर सकिन मैले तिमीलाई
सकिन जित्न, धेरै रैछौ जिद्दी
तिम्रो पारा सकिन बुझ्न
भेटेर मात्र एकछिन तिम्लाई सायद पुग्छ होला
तर म तिमीसँग खोज्छु पूरै दिन बिताउन
खोजेर पाउनेछैनौ खुसी यति धेरै कतै
छोडेर जान्छौ भने तिमी यहाँ एक्लै मलाई
चोरेर ल्याउन सकिन्न, माया यस्तो धन हो
साँचेर साँचिन्न, बसाएर बसिन्न कहिल्यै
थिएन कुनै चाहना
मेरो यो कुरा मान न
चाहन्थेँ केवल माया तिम्रै
अनि देख्थेँ तिम्रै सपना
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा-कसम तोडेर
सपनीमा मेरो छाऊ न
प्रिय, तिमी अब आऊ न
सपनीमा मेरो छाऊ न
प्रिय, तिमी अब आऊ न
धेरै छ प्रीत भनेर
प्रिय, तिमी अब रमाऊ न
मुटुभित्र मलाई राख न
अँगालोमा अब बाँध न
आऊ, आऊ, आऊ न
मुहार फेरेर नबोली बस्न सक्दिन
तिम्रो मौनता यो मनलाई रुच्दैन
के हुन्छ र मलाई एकछिन कुरेर?
चित्त दुख्छ जब मेरो कुरा बुझ्दैनौ
चाहन्छु केवल तिमीलाई
माया देऊ अब मलाई
आँखाको नानीमा तिम्रै
बसिराख्न देऊ अब मलाई
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा-कसम तोडेर
तिम्रो मुटु मसँग साट न
छैन प्रीत भनी नढाँट न
तिम्रो मुटु मसँग साट न
छैन प्रीत भनी नढाँट न
आँखाभित्र मलाई सजाई
अँगालोमा मलाई बाँध न
मुटुभित्र मलाई राख न
अँगालोमा अब बाँध न
आऊ, आऊ, आऊ न
Oh, whoa, whoa, whoa
Whoa, whoa, whoa