Yeah, yeah, yeah
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
केही भन्दै छु, मलाई दोषी नसोच
लाग्छ सन्चै छु, मेरो मुटुमा छ रोग
आज अन्तै छु, मलाई भीडमा नखोज
यतै रम्दै छु, मेरो बारे केही नसोध
म त जीतको खोजी गर्न कति पटक हारिरहेँ
रित्तो गोजी हुँदा साथीभाइ नि टाढिई गए
निभ्दो ज्योती कालो अन्धकारलाई भारी भए
चिप्लो सोची मेरो बाटोदेखि पारी सरे
धेरैले गाली गरे, ममाथि लागिपरे
जाल बुनिन तर सबैले जाली भने
चोट लुकाई बाध्यताले हाँसिराछु आज
बगाउँथेँ खोला दुःख रोएर जाने भए
यस्तै रहेछ जिन्दगीको भीरपाखाहरू
सपनाको भोगी, अनिदो मेरो आँखाहरू
अर्थ नबुझी गाँसेका सम्बन्ध र नाताहरू
आफ्नै छैन विश्वास, ल, भन, कसको आशा गरूँ?
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
सोचेर बस्दै छु, "कसरी काट्नु जीवन?"
मानिस त स्वभाविक, मानवताको भो निधन
यहाँ कसले भन्यो उडी चन्द्र छुँदा तिम्रो जीत छ?
यो जिन्दगी त केही क्षणको, हिन्दाहिन्दै बित्छ
सोझो छु म, पत्याइहाल्छु तिम्ले ढाँटे पनि
तर नि गर्छु यदि भित्री मनले आँटेँ भने
बितेको समय सब राहु कालले ढाकेपछि
त्यसैले आँखा छोपी धेरै टाढा भागेँ म नि
यी शब्द लेख्न, हेर, आज निकै बाध्य छु म
लामो छ कहानी, त्यो देवकोटाको काव्य हुँ म
डराको होइन तर पनि निकै आत्तेछु म
सम्झिँदा आँसु झर्ने वीरेन्द्रको राज्य हुँ म
जिन्दगी नालापानी भए मचाहिँ बलभद्र
मार्दिन्छु भाला हानी, शत्रु सबै अलपत्र
म कुनै राम हैन कलियुगमा वन पस्न
सीमाभन्दा बाहिर गई उफ्रिने नै तल खस्छ
सपना छरपस्ट आँखाको आँगनभरि
के लाउनु माया? ढुङ्गाजस्तो भयो मन पनि
के बन्थ्यो महल त्यो हावामाथि जग खनी?
हो, त्यसैले रुन्छ धर्ती देख्दा गगन पनि
र सेतो मनले कोर्दा पनि बन्यो मैलो चित्र
समय ढल्कियो, तर घाम लागेन घैँटोभित्र
सकेको थिइन मैले मागी खाने थैलो किन्न
बन्द थियो झ्याल र ढोका, गाह्रो पऱ्यो दैलो चिन्न
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
अनौठो सपना देख्छु सुत्ने बेला आधीरातमा
अनेकौँ प्रश्न उठ्छ, दैव, तिमीले ढाँटिराख्दा
आफैलाई साक्षी मानी हात जोडी माफी माग्दा
कसरी ठोक्न पुग्यौँ विद्रोहको काँटी हातमा?
बोकेर बासी आत्मा भौँतारिन्छु पागलसरि
उड्दै छु आकाशमाथि, भावना त्यो बादलभरि
नाच्न त आउँदैन तर बाङ्गो भयो आँगन पनि
हो, त्यसैले हारिराछु रामायणमा रावणसरि
म बस्ने समाजभित्र गरेँ थुप्रै परिक्रमा
यी शब्द हुन्छु दाग देख्दा तिम्रो चरित्रमा
गरेथेँ परिश्रम बजारेर पाखुरालाई
नसोध जीवन के हो जालबिनाको माकुरालाई
म फूल बोकी हिँड्छु पैतालामा काँडा राखी
म आँसु मुछ्ने गर्छु मैले खाने खाजामाथि
म खुसी कहिल्यै हुन्न आफ्नोसँग नाता गाँसी
जसलाई राखेँ मनभित्र छोडी गयो डाँडा काटी
के कुरा गर्नु यहाँ हाँडिगाउँको जात्राको?
नढाँटी भन्दा छैन कसैलाई हात लाको
एक्लै छ हिँड्ने बाटो, छैन कोहीको साथ पाको
र यो कुनै गीत हैन, गुनासो हो आत्माको
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म
आज हाँस्दै छु, भन पागल हो म
आफ्नै अस्तित्व गाडिएको खाडल हो म
आज भोक र प्यास, अनेकौँ रोग र व्याधले
देको आँसुले भरिएको सागर हो म